डबली संवाददाता२०७७ जेठ २१ गते

काठमाडौं । अधिवक्ता चिरञ्जीवी ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार दिउँसो ३ः३० बजे ढकाललाई प्रहरीले गिरफ्तार गरेको वरिष्ठ अधिवक्ता एकराज भण्डारीले जानकारी दिएका छन् ।
भण्डारीका अनुसार ढकाल कानुन व्यवसायको सिलसिलामा भक्तपुर जिल्ला अदालत जाँदै थिए । प्रहरीले माइतीघर मण्डलाबाट गिरफ्तार गरेर महानगरीय प्रहरी परिसर टेकुमा राखिएको भण्डारीले जानकारी दिए ।
