News Portal

नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुग्यो, बुधबार २०१ जनामा संक्रमण पुष्टि

डबली संवाददाता२०७७ जेठ २१ गते
१४७ पटक

काठमाडौं । बुधबार एकै दिन २०१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत थप २०१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकाुस देवकोटाले देशका विभिन्न परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप संक्रमित भेटिएको जानकारी दिए ।
योसँगै नेपालमा संक्रमितको संख्या संख्या २३०० पुगेको छ । आज मंगलबारभन्दा कम संक्रमित भेटिएका छन् । संक्रमित अधिकांश क्वारेन्टाइनमा बसेका व्यक्ति भएको र सबैको अवस्था सामान्य रहेको प्रवबक्ता देवकोटाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्