News Portal

कर्णाली प्रदेशमा थप १६ जनाको कोरोना, संक्रमितको संख्या २७८ पुग्यो

डबली संवाददाता
१२६ पटक

सुर्खेत । कर्णाली प्रदेशमा बुधबार थप १६ जना कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बुधबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित दैखेल, सल्यान र सुर्खेतका भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखका ७ जना, कालिकोटका ७ र सल्यानका २ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । कालिकोटका सबै महाबै गाउँपालिकाका हुन् । जसमा ४ महिनाको शिशुलाई समेत कोरोना संक्रमण भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्