News Portal

लकडाउनको ७० औं दिनः संक्रमितको संख्या १८११ पुग्यो, आज अहिलेसम्मकै धेरै २३९ जनामा कोरोना

डबली संवाददाता२०७७ जेठ १९ गते
१७४ पटक

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउनको ७० औं दिन पुगेको छ । आज अहिलेसम्मकै धेरै २३९ जनामा कोरोना संक्रमण भएको पुष्टिल भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा २२६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिएका थिए । साँझ थप १३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकार गराएका छन् । पछिल्लो १३ सहित सोमबार एकै दिन अलिहेसम्मकै धेरै जनमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

अधिकारीका अनुसार पछिल्लो पटक कोरोना संक्रमित हुनेमा पाल्पाका २, नवलपरासी (पश्चिम) का १, गुल्मीका १, कपिलवस्तुका ७ र रुपन्देहीका २ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

दिउँसो डा. देवकोटाले दिएको जानकारीअनुसार विराटनगरमा भएको परीक्षणमा झापाका २ जनामा पोजेटिभ देखिएको छ । यस्तै पोखरामा भएको परीक्षणमा नवलपरासीका ३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ देखिएको छ । जसमा दैलेखका २४ र जुम्लाका १८ जना रहेका छन् । सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ गरी ३२ जनामा पोजेटिभ देखिएको छ ।

धुलिखेलमा परीक्षणमा कलिवस्तुका २, रौतहटका १८ जनामा पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ देखिएको छ ।

धनुषाका ७, कपिलवस्तुका ३८, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५ र उदयपुरका १ जनामा पोजेटिभ देखिएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ ।कैलाली १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरमा १-१ जनामा पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका ९ जनामा पोजेटिभ देखिएको छ । अहिले प्रदेश नम्बर १ मा १ सय ३८, प्रदेश नम्बर २ मा ५ सय ८९, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

देवकाटाका अनुसार प्रदेश नम्बर ५ मा ५ सय ७०, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी १ हजार ५ सय ६९जना संक्रमित उपचाररत छन् ।

त्यस्तै देशभरीका विभिन्न अस्पतालमा उपचाररत २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्