News Portal

क्‍वारेन्टाइन कस्तो निर्माण गर्नुपर्छ ? कालिकोटको रास्कोटबाट सिकौं ! प्रदेशकै नमूना क्‍वारेन्टाइन

डबली संवाददाता२०७७ जेठ १८ गते
५४९ पटक

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले जिल्लाकै नमुना क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमाको नाममा त्रिपाल टाँगेको, खम्बा ठोकेर माथिबाट स्याउलाले बन्द गरेको, स्कूल भरिएपछि गोठलाई क्वारेन्टाइनमा बनाइएको समाचार सार्वजनिक भइरहेका बेला कालिकोटको रास्कोट नगरपालिकाले सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण गरेको सार्वजनिक भएको छ ।

झारा टारेको क्वारेन्टाइनको निर्माणको र बस्तीको बीचमा र कोचाकोच गरी बस्न बाध्य भइरहेका छन् । क्वारेन्टाइनबाटै कोरोना संक्रमणको भन्दै सरकारको आलोचना भइरहेको । तर, रास्कोटल नगरपालिकाले बस्तीबाट अलि टाढा जिल्लाकै सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण गरेर उदारणीय काम गरेको छ ।

रास्कोट नगरपालिकाले भारतवाट आएका नागरिकहरुलाई बसाल्न नमूना क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमा आवश्यक पर्ने सम्पूर्ण सामाग्रीको समेत ब्यबस्थापन गरिएको छ ।

भारत नेपालको सिमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई लगाउन थालेपछि नगरपालिकाको वडा नं ६ को पोखरीकोट, गंगाने खुल्लामा ५ सय ५० बेडको आधुनिक क्वारेन्टाइन तयार भएको नगर प्रमुख काशीचन्द बरालले जानकारी दिए । भारतलगायत अन्य देशका रहेको नगरबासीको तथ्यांक नरपालिकाले संकलन गरिसकेको छ । जसमा सबैभन्दा धेरै भारतमा रहेका छन् । तत्काल पहिलो चरणमा ७४ दोस्रो चरणमा ८० तेस्रो चरणमा २०० सम्म राखिने बराल बताउँछन् । क्वारेन्टाइनमा बस्नेहरुको सुरक्षाको लागि नेपाली सेना, प्रहरी खटाउने समेत छलफल भएको प्रमुख बरालले जानकारी दिए ।

कालिकोटमा मात्रै १७ जनामा कोरोना संक्रमण पुष्टि भएपनि अहिलेसम्म रास्कोट कोरोनामुक्त नै छ । सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक तयारी भइरहेको उपप्रमुख मिमसरा बम शाहीले बताइन् । बस्ती नजिक क्वारेन्टाइन बनाउँदा जोखिम फैलिन सक्ने भएकोले अलि टाढा निर्माण गरिएको शाही बताउँछन् । क्वारेन्टाइनमा खानेपानी, सौचालयसहित आवश्यक पुर्वाधार निमार्ण गरिएको उनले बताइन् ।

कर्णाली प्रदेशमै यो भन्दा राम्रो क्‍वारेन्टाइन निर्माण भएको सार्वजिनक भएको छैन । समभवतः यो कर्णाली प्रदेशकै नमूना क्‍वारेन्टाइन हो ।

  • रुकुम योगीबाट
प्रतिकृया दिनुहोस्