News Portal

नयाँ नक्सासहितका निशान छापको लागि संविधान संशोधन विधेयक पेश, तनावमा मोदी

डबली संवाददाता२०७७ जेठ १८ गते
२६४ पटक

काठमाडौं । सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गरेको छ । नयाँ नक्सासहितको निशान छाप बनाउन सरकारले नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश गरेको ।

आइतबारको संसदमा बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले विधेयक पेश गरेकी छन् । नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

सरकारले जेठ ७ गते जारी गरेको नयाँ नक्सासहितका निशान छापको लागि सरकारले संविधान संशोधन गर्न संसद सचिवालयमा दर्ता गराएको थियो । जेठ ९ गते दर्ता गराएको संविधान संशोधन विधेयक संसद बैठकमा पेश गरेको छ ।

यसअघि जेठ १४ गतेको संसद बैठकको कार्यसूचीबाट हटाइएको संविधान संशोधन प्रस्ताव पेश आइतबार पेश गरेको छ । सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ ।

शनिबार मात्रै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपालगायतका दलले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

संविधान संशोधन विधेयक अगाडि नबढेपछि खुशियाली बनाएका भारतीय संचारमाध्यम फेरि नेपालविरुद्ध कुर्लिन थालेका छन् । संविधान संशोधन विधेयक रोक्न दूत पठाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तनावमा परेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्