डबली संवाददाता२०७७ जेठ १७ गते

सुर्खेत । कोरोना भाइरसबाट कर्णाली प्रदेशमा एकजनाको मृत्यु भएको छ । दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुखद डा. लक्ष्मी नारायण तिवारीका अनुसार दुल्लु नगरपालिका ११ का मृतक युवाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
१० दिन पहिले भारतको गुजरातबाट १० दिन अघि फर्किएका ३५ वर्षीय युवकको शनिबार बिहान चिया खाइसकेपछि एकाएक मृत्यु भएको थियो । सोही क्वारेन्टाइनमा अरु ७९ जना पनि छन् ।कर्णाली प्रदेशमा कोरोनाका कारण उनी पहिलो हुन ।
त्यसैगरी पछिल्लो रिपोर्टअनुसार कर्णाली प्रदेशमा संक्रमितको संख्या भने ७८ पुगेको छ ।
