News Portal

सरकार ! यो क्‍वारेन्टाइन हो की सजाय दिने ठाउँ ?

डबली संवाददाता२०७७ जेठ १७ गते
४३८ पटक

काठमाडौं । तलको फोटो झट्ट हेर्दा के लाग्छ ? तपाईहरुलाई के प्रहरीले सजाय दिन वा सोधपुछकानिम्ति हिरासतमा राखिएका अपराधका आरोपित या दोषी हुन ? झट्ट हेर्दा त्यस्तै लाग्छ । तर त्यस्तो होइन ‘जनता आवाज’ नामको एक सामाजिक सञ्जालमा यो तस्विर १७ घण्टा पहिले राखेर यस किसिमको काहाली लाग्दो क्वारेन्टाइनको अवस्थालाई बाहिर ल्याएको हो ।

सामाजिक सञ्जालमा उल्लेख गरिएको छ की यो अरु केही नभएर यस लकडाउनको समयमा डडेलधुरा जिल्लाको आलिताल गाउँपालिका वाड नम्बर २ को उणिकोटमा रहेको क्वारेन्टाइन हो । त्यसमा लेखिएको छ, ‘लाग्छ सुतिरहेका मानिस कुख्यात अपराधिहरु हुन् र सजाय दिन यसकिसीमको व्यवस्था गरिएको हो ।’ फोटोमा देख्न सकिन्छ की मानिसहरु बेहाल अवस्थामा यत्रतत्र सुुतिरहेका छन्, त्यहाँ पकाइएको भात त हेर्नै नसकिने अवस्थाको छ, यस्तो किसीमको क्वारेन्टाइनमा बस्नुभन्दा बरु कोरोना नै लागोस भनेर पनि लेखिएको छ । त्यस किसीमको काहाली लाग्दो अवस्थालाई देखेर मानिसहरुले सरकारलाई ध्यानाकर्षण गर्न विभिन्न प्रतिक्रियाहरु दिएका छन् ।

धेरै जसोले ‘सरकार यो क्वरेन्टाइन् हो की सजाय दिएको ?’ भन्ने प्रश्न गरेका छन् । सरकारले कोरोना भाइरसबाट जनतालाई जोगाउन अरबौंको ऋण लिएको छ, गाउँगाउँ करोडौं रकम खर्च गरेको बताउने गर्छ, तर हेर्नुस् के भइरहेकोछ । स्वास्थ्य उपचार, कोरोना परिक्षण, आइसोलेसन्, क्वारेन्टाइन अनि त्यसको अग्रभागमा लड्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको हालत बताइरहनु पर्ने छैन । आखिर कहाँ जाँदैछ करोडौं करोड रकम ? दूइमहिना भन्दा बढी भयो जनतालाई बन्दक बनाएर सरकारको ध्यान के मा छ ? यस्ता अनेक प्रश्न जनताले गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्