News Portal

प्रहरी निरिक्षकसहित थप १३ जनाले कोरोनासँग जितेर घर फर्किए, निको हुनेको संख्या २१९ पुग्यो

डबली संवाददाता२०७७ जेठ १७ गते
१६४ पटक

काठमाडौँ । शनिबार कोरोना भाइरससँग जितेर थप १३ जना घर फर्केका छन् ।

काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट ९ जना काठमाडौंका र टेकुस्थित सरुवा अस्पतालबाट काठमाडौंको बुढानिलकण्ठ र टोखाका २ संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रहरी अस्पतालबाट डिस्चार्ज हुनेमा एक सशस्त्र प्रहरी, महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब निरीक्षक र प्रहरी जवानसहित रहेका छन् । त्यस्तै चन्द्रागिरी–१० की ७ वर्षका बालक पनि कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।

त्यस्तै गरी भक्तपुर नपा–५ निवासी ४२ वर्षीय एक पुरुष रहनु भएको छ। उहाँ काठमाडौं महानगरपालिकाका सरसफाइको गाडीचालक हुन्। डिस्चार्ज हुनेमा एकजना डाक्टर र एक नर्स रहेको अस्पतालले जानकारी दिएको छ ।

यस्तै अछाम जिल्ला भइ बाँकेमा रहँदै आएका पुरुष पनि डिस्चार्ज भएका छन् । यस्तै रुकुम घर भइ ललितपुर अस्थायी ठेगाना भएका पुरुष पनि निको भएका छन् ।
योसँगै नेपालमा निको हुनेको संख्या २१९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्