News Portal

एनप्याव्सन उपाध्यक्ष भूसालको रहस्यमय मृत्युको विषय संसदमा

डबली संवाददाता२०७७ जेठ १६
३६७ पटक

धनगढी । कैलालीका शिक्षक कृष्ण प्रसाद भूसालको रहस्यमय मृत्युको एक महिना पछि उक्त विषय प्रदेश संसदमा उठेको छ । निजी विद्यालयको सङ्गठन (एनप्याव्सन) का केन्द्रीय उपाध्यक्ष समेत रहेका कैलालीको गौरिगंगा नगरपालिका–९ का भुसालको हत्या भएको भन्दै सत्य तथ्य छानबिन गरि दोषीमाथि कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभाको शुक्रवारको बैठकमा सांसदहरुले माग गरेका हुन् ।

प्रदेशसभा बैठकमा सांसद दीर्घ सोडारीले सो विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले घटनाबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा बोल्दै पूर्व मन्त्री सोडारीले न्यायको खोजीमा मसुरियामा जनताहरु सडकमा आइरहेको बताउँदै तत्काल दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

“प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको भनिरहेको छ, तर त्यो अनुसन्धानले पुगेको छैन, अनुसन्धानको दायरा बढाउनु पर्ने अवस्था आएको छ, । तत्काल सरकारले छानबिन गरेर पीडित परिवारले न्याय पाउनु पर्छ ।” सोडारीले भने ।

यस्तै शून्य समयमै बोल्दै प्रदेश सभा सदस्य मालामति रानाले पनि भुसाल मृत्यु प्रकरणको सत्य तथ्य छानबिन गरेर पीडितलाई न्याय दिनुपर्ने बताइन् । घट्नामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न उनले माग गरेकी थिइन ।

वैशाख ११ गते राति घोडाघोडी नगरपालिका–१० कैलाशधाम मन्दिर नजिक मृत अवस्थामा भेटिएका भुसालको योजनाबद्ध तरिकाले हत्या गरिएको भन्दै स्थानीयहरू निरन्तर आन्दोलन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्