News Portal

कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ६ पुग्यो

डबली संवाददाता२०७७ जेठ १६ गते
१५८ पटक

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अर्घाखाँचीका एक युवाको कोरोनाका कारण मृत्यु भएको सरकारले औपचारिक रुपमा घोषणा गरेसँगै यो संख्या पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ चरेपानीका एक युवकको कोरोनाबाट मृत्यु भएको जानकारी दिएका थिए ।

भारतबाट नेपाल फर्किदै गर्दा जेठ १० गते उनको बाटोमै मृत्यु भएको थियो । यसअघि पाँच जनाको कोरोनाबाट मृत्यु भइसकेको थियो ।

प्रतिकृया दिनुहोस्