News Portal

शुक्रबार थप १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१२ पुग्‍यो, निको हुनेमा संख्या २०६

डबली संवाददाता२०७७ जेठ १६ गते
२४१ पटक

काठमाडौैंँ । कोरोना भाइरसबाट थप १७० जनामा कोरोना सं‍क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा देशका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणामा थप १७० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमण हुनेको संख्या १ हजार २ सय १२ जना पुगेको छ ।

त्यसैगरी एक जनाको मृत्यु भएको छ । मृतकको संख्या ६ जना पुगेको छ ।

त्यस्तै देशका विभिन्‍न अस्पतालहरुबाट २०६ जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्