News Portal

ट्रम्पले भने- मोदीको मुड ठिक छैन

डबली संवाददाता२०७७ जेठ १६ गते
२९६ पटक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नभएको टिप्पणी गरेका छन् । उनले सीमा विवादका कारण मोदीको मुड ठिक नभएको बताएका हुन् ।

भारत र चीनको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पुनः दोहोर्याएका पनि छन् । भारत र चीनबीच लद्दाख क्षेत्रमा सीमा विवाद भइरहेको बेला ट्रम्पको यो पछिल्लो अभिव्यक्ति आएको हो ।

बिहीबार ओभलमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने, ‘म केही सहयोग गर्न सक्छु भने मध्यस्थता गरिदिन तयार छु ।’

एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, “मैले मोदीसँग कुराकानी गरेको थिएँ । दुई देशबीचको तनावलाई लिएर भारत खुसी छैन । शायद चीन पनि खुसी छैन होला । चीनसँग जे भइरहेको छ, त्यसबाट मोदीको मुड ठीक छैन ।”

गत बुधबार राष्ट्रपति ट्रम्पले ट्वीट गरेर दुवै देशबीच सीमामा जारी तनाव समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको बताएका थिए ।

 

प्रतिकृया दिनुहोस्