News Portal

अर्घाखाँची चरेपानीका एक युवालाई कोरोनाले घर पुग्‍न दिएन, मृत्यु भएको ५ दिन पछि आयो रिपोर्ट

डबली संवाददाता२०७७ जेठ १६ गते
१७४ पटक

काठमाडौँ । अर्घाखाँचीका एक युवाको कोरोनाका कारण मृत्यु भएको छ । भारतमा आउँदै सीमामै उनको मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी विजय पौडेलका अनुसार भूमिकास्थान नगरपालिका वडा नम्बर ९ चरेपानीका एक युवकको भारतबाट फर्किने क्रममा बाटोमै निधन भएको थियो । उनका परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उनको जेठ १० गते घर नपुग्‍दै बाटोमै मृत्यु भएको थियो ।

मृतक युवाको स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशलामा पिसीआर विधिबाट गरिएको परीक्षाणमा विहीबार कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो ।

मृतक युवाको शव आफन्तले अन्तयेष्टी गरिसकेका छन् । उनमा कोरोना पोजेटिभ देखिएसँगै सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ ।
सरकारले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।

रिपोर्ट पोजेटिभ आइसकेकोले उनको मृत्यु कोरोनाबाटै भएको स्थानीय अधिकारीले बताएका छन् । सरकारले औपचारिक रुपमा घोषणा गरेपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्