News Portal

नेकपाले भन्‍योः भारतबाट फर्किने नागरिकको सीमामै कोरोना परीक्षण गरेर गाउँसम्म पुर्‍याउ

डबली संवाददाता२०७७ जेठ १५ गते
२६२ पटक

धनगढी । नेपाल कम्युनिस्ट पार्टीले भारतबाट स्वदेश फर्किने नेपालीहरुको सीमामै स्वास्थ्य परीक्षण र गन्तव्यसमम पुर्याउने व्यवस्थान गर्न माग गरेको छ । भारतमा अलपत्र परेका नेपालीहरुलाई नाका प्रवेश गर्न दिने कुरा स्वागतयोग्य भएको बताएको छ । पार्टीका सेती महाकाली ब्यूरो इन्चार्ज निर्माणले विहीबार विज्ञप्ति जारी गरेर नेपाल प्रवेश पछि परीक्षण, उपचार, व्यवस्थापन र गतन्वयसम्म पुरुयाउने समस्या जटिल भएको भन्दै पार्टीको ध्यानाकर्षण भएको बताएका छन् ।

लकडउानका कारण भारतमा अलपत्र परेका नेपाली श्रमिकको उद्दार गर्न आफ्नो पार्टीले दिववा दिँदै आएको बाउँदै सुदूरपश्चिमका नाकाबाट हजारौं नेपाली घर फर्किनु स्वास्गतयोग्य भनेका छन् ।

“भारत प्रवासमा रहेका नेपाली श्रमिकहरु लकडाउनका कारण बेरोजगार हुनुका साथै नेपाल आउन नपाएर बिचल्ली परेको सवाललाई लिएर हाम्रो पार्टीले सरकारलाई प्रवासी नेपालीलाई घर आउने वातावरण निर्माण गर्न बारम्बार आह्वान गर्दै आएको थियो । चौतर्फी दवावपछि राज्यले प्रवासी नेपालीलाई नेपाल प्रवेशको वातावरण बनाएको छ र सुदूरपश्चिमबाट मात्रै दैनिक हजारौंको संख्यामा नेपाली श्रमिकहरु नेपाल प्रवेश गरिरहेका छन् । यो खुसी र स्वागतयोग्य कुरा हो” विज्ञप्तिमा उल्लेख छ । । नेपाल प्रवेशपछि उनीहरुको कोरोना परिक्षण, उपचार, व्यवस्थापन र गन्तव्यसम्म पुर्याउने समस्या अलि जटिल देखिएकोले नेकपाले जनाएको छ ।

इन्चार्ज निर्माणले गाउँ फर्केका नागरिकको सरकारले व्यवस्थाना गर्न नसक्ने अवस्थामा सर्वदलीय संयन्त्र बनाएर सबैलाई सहयोग गर्ने वातावरण बनाउनु पर्नेमा जोड लिएका छन् । आफ्नो पार्टी क्वारेन्टाइनमा रहेका नागरिकलाई पार्टीको तर्फबाट आफूहरु तयार रहेको इन्चार्ज निर्माणले बताएका छन् । सहयोग र राहतलाई फराकिलो बनाउन आफूहरुले चाहेको बताउँदै त्यसको लागि वातावरण सिर्जना गर्न पनि विज्ञिप्तिमा सुझाव दिइएको छ ।

त्यसैगरी कञ्चनपुरको पुनर्वासलगायत सुदूरपश्चिमका सीमा क्षेत्रमा भारतीय सिमा सुरक्षा बल एसएसबीको ज्यादती बढेको भन्दै इन्चार्ज निर्माणले राज्यका तर्फबाट तुरुन्त समाधान गर्न सुझाव दिएका छन् । सरकारले बेवास्ता गरे जनस्तरबाटै प्रतिरोध गर्ने अवस्था सिर्जना हुने निर्माणमा विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस्ता छन् १० बुँदे सुझाव

१. बिदेशमा रहेका तर घर फर्किन चाहने सम्पूर्ण प्रवासी नेपालीलाई अझै सहजरूपमा घर फर्कने वातावरण सिर्जना गरियोस् ।

२. प्रवासबाट फर्किनेहरुको सिमानामा उचित आरडिटी स्वास्थ्य परीक्षण गरियोस् र सहज ढंगले गाउँ जाने वातावरण मिलाइयोस् ।

३. प्रवासबाट फर्किएकाहरुलाई उचित क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरियोस् । अहिलेसम्मको व्यवस्थापन हेर्दा सन्तोषजनक नभएको र राज्यको उपस्थिति शून्यजस्तै देखिएकोले क्वारेन्टाइनको उचित व्यवस्थापनमा ध्यान दिइयोस् ।

४. कोरोना संक्रमितलाई उचित उपचारको व्यवस्था गरियोस् । बिरामीको आत्मविश्वास बढ्ने वातावरण सृजना गरियोस् ।

५. क्वारेन्टिइनमा बस्नेहरुको उचित व्यवस्थापन (खाने, बस्ने, पिसिआर परिक्षण गर्ने, सरसफाइ, पारिवारिक भेटघाट गर्नेलगायत) राज्यको तर्फबाट गरियोस् ।

६. यदि सरकारको तर्फबाट उचित व्यवस्थापन हुन सक्ने अवस्था नभएमा सर्वपक्षीय सर्वदलीय संयन्त्र, सहयोग दाता र नागरिक समाजको तर्फबाट सहयोग गर्ने वातावरण सृजना गरियोस् । हालसम्मको अवस्थालाई हेर्दा यसमा राज्य उदासीन नै देखिएको छ । अहिलेसम्ममा केही उदार व्यापारी, व्यावसायी र स्थानीय सहयोगीहरुले खाना तथा व्यवस्थापनमा सहयोग गरेको पाइएको छ । यो सकारात्मक कुरा हो, तर यसको दायरालाई अझै थप बिस्तार गर्नुपर्ने आवश्यकता छ । त्यतातर्फ ध्यान दिइयोस् ।

७. क्वारेन्टाइनमा रहेका वा राहत नपाएर समस्यामा परेका नागरिकहरुलाई हाम्रो पार्टीको तर्फबाट हामी हरसहयोग गर्न तयार छौं र सम्भव भएसम्म सहयोग गरिरहेका पनि छौं । यसको दायरालाई अझै हामी फराकिलो पार्न चाहन्छौं र सबैसँग सहकार्य गर्न चाहन्छौं । तसर्थ सम्बन्धीत पक्षले त्यस्तो वातावरण सृजना गरोस् ।

८. कोरोना महामारीको यो संकटपूर्ण अवस्थामा पनि कतिपय जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवा निकायबाट भ्रष्टाचार, अनियमितता र पक्षपातपूर्ण व्यवहार प्रदर्शन भएको जनगुनासो व्यापक रुपमा आइरहेको छ र कतिपय घटनाहरु सत्यसावित पनि भएका छन् । मेडिकल माफियाको, चलखेल यातायातमा कमिशन, पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य सामानमा कालोबजारी र महंगी, रिचार्ड कार्डमा समेत कमिशनजस्ता कृयाकलापले उपभोक्ताहरु मारमा परेका छन् । यसलाई कडाइसाथ नियन्त्रण र निगरानी गरियोस् ।

९. अहिले प्रवासबाट आउने जनशक्ति तत्काल उपयोगमा आउने भनेको कृषिमा हो । अहिले किसानहरु मल बिउको अभावमा तड्पीरहेका छन् । तसर्थ यसको उचित समाधान गर्नुका साथै प्रवासबाट आएको जनशक्तिलाई उचित कृषि कर्ममा लाग्ने वातावरण सृजना गरियोस् ।

१०. अहिले फेरि कञ्चनपुरको पुनर्वासलगायत सुदूरपश्चिमका सिमाक्षेत्रमा भारतीय सिमा सुरक्षाबल (एसएसबी)को ज्यादती बढेकाले यसलाई राज्यका तर्फबाट तुरुन्त समाधान गरियोस् । यदि राज्यले बेवास्ता गरे जनस्तरबाट प्रतिरोध गर्ने अवस्था सृजना हुँदैछ । समयमै राज्यको ध्यान पुगोस् ।

विज्ञप्तिको पूर्णपाठः

प्रतिकृया दिनुहोस्