News Portal

बजेट भाषणः सामाजिक सुरक्षा भत्ता निरन्तरता, छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड 

डबली संवाददाता२०७७ जेठ १५ गते
२९९ पटक

काठमाडौ । सरकारले माध्यमिक तहसम्मको शिक्षा निः शूल्क गर्ने बताएको छ । यो कार्यक्रम नयाँ होइन । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषाणको क्रममा त्यसको लागि आवश्यक बजेट छुट्याइएको बताएका छन् ।

त्यसैगरी सबै सरकारी विद्यालयमा अध्ययनरत छात्राको लागि सेनिटरी प्याडको निःशूल्क व्यवस्था गरेको मन्त्री खतिवडाले बताए ।

त्यसैगरी यसअघिको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने बताइएको छ । अर्थमन्त्री खतिवडाले बजेट भाषणका क्रममा सामाजिक सुरक्षाका क्षेत्रमा दिइँदै आएको उक्त भत्तालाई निरन्तरता दिएको बताएका हुन् ।

त्यसका लागि सरकारले यो बर्ष ६७ अर्व ५० करोड रकम छुट्याएको छ । त्यस्तै ७० वर्षमा माथिका बृद्धहरुलाई १ लाख निःशुल्क बीमा यो बर्ष थप गर्दै ६ लाखलाई समेट्ने योजना पनि सरकारले ल्याएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त  बैठकमा बजेट भाषण जारी छ ।

 

प्रतिकृया दिनुहोस्