News Portal

रुकुम ‘हत्याकाण्ड’: यस्तो अवस्थामा भेटियो सञ्‍जु बिकको शव, मृतकको संख्या पाँच पुग्यो

डबली संवाददाता२०७७ जेठ १५ गते
४०१ पटक

काठमाडौं । रुकुम पश्चिमको सोती गाउँमा भएको ‘हत्याकाण्ड’मा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ । भेरी नगरपालिका–४ काा १९ वर्षीय सञ्जु विकको शव बिहीबार फेला परेको हो ।

योसँगै उक्त घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । जाजरकोट प्रहरीका अनुसार छेडागाड नगरपालिका–१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा सञ्जुको शव भेटिएको छ । नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयले शव देखेका थिए । प्रहरीलाई स्थानीयले खबर गरेपछि उनको शव निकालिएको हो ।

स्थानीयका अनुसार सञ्जुको टाउँकोमा गम्भीर चोट लागेको छ । यसअघि भेरी नगरपालिका–११ का लोकेन्द्र सुनारको शव डोरीले बाँधिएको अवस्थामा बुधबार निकालिएको थियो ।

स्थानीयले मरणासन्न हुनेगरी कुटपिट गरी नदीमा फ्याकिएका अर्का एक युवक बेपत्ता छन् ।

प्रतिकृया दिनुहोस्