News Portal

राष्ट्रसंघको विज्ञप्तिसँगै रुकुम हत्याकाण्ड अन्तर्राष्ट्रियकरण, निष्पक्ष छानविनको माग

डबली संवाददाता२०७७ जेठ १५ गते
५९८ पटक

काठमाडौँ । अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर रुकुम पश्चिममा भएको हत्याकाण्ड अन्तर्राष्ट्रियकरण भएको छ । रुकम घटनालाई तोडमोड गर्ने प्रयास भइरहेको बेला दोषीले उन्मुक्ति पाउनेमा अन्तर्राष्ट्रिय समुदायले चिन्ता गरेको छ ।

संयुक्त राष्ट्रसंघले विज्ञप्ति जारी गरेर अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुसार शून्य सहनशीलता देखाउँदै घटनाको निष्पक्ष छानविन गर्न सरकारलाई भनेपछि हत्याकाण्ड अन्तर्राष्ट्रियकरण भएको हो ।

बुधबार नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्डले विहीबार विज्ञप्ति जारी गर्दै नेपालमा जातीय विभेद कायमै रहेको बताएकी थिइन् । उनले चारजनाको हत्या र २ जना बेपत्ता भएको घटनाप्रति दुःख समेत गरेकी छन् ।

“म मृतकका परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु र विश्वास गर्छु कि नेपाल सरकारले संविधान र अन्तर्राष्ट्रि«य प्रतिबद्धताबमोजिम शून्य सहनशीलता देखाउँदै यस घटनाको निष्पक्ष छानबिन गर्नेछ” भ्यालेरीले भनेकी छन् ।

रुकुम पश्चिम सोती गाउँमा अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर घटाइएको हत्याकाण्डमा परी चार जनाको शव भेटिएको छ भने दुई जनाको शव भेरी नदीमा हराएको छ । डोरीले दुबै हात बाँधेर अवस्थामा भेरी नदीबाट निकालिएको थियो

जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका सोती गाउँकी सुष्मा मल्लबीच दुई वर्ष पहिलेदेखि प्रेम सम्बन्ध भएको र परिवारले अस्वीकार गरेपछि भागेर विवाह गर्ने बेला घटना भएको थियो । जेठ १० गते साँझ नवराज १८ जना साथीहरु सुष्माको गाउँछेउ पुग्ने बित्तिकै गाउँलेहरुले आक्रमण गरेका थिए ।

केही भेरी नदीमा हाम फालेर ज्यान जोगाउन सफल भएका थिए भने कसैलाई नियन्त्रणमा लिएर कुटपिट गरियो । तर, नवराजसहित ६ जनालाई नियन्त्रणमा लिएर कुटपिट गरेर नदीमा फालिएको थियो । भागेर ज्यान जोगाउन सफल भएका नवराजका साथीहरुकाअनुसार नवराजलाई नियन्त्रणमा लिएर हत्या गरेर नदीमा फ्याकिएको थियो भने केहीलाई डोरीले बाँधेर नदीमा फालिएको थियो ।
यो अमानविय घटनाको चौतर्फी विरोध भइरहेको छ ।

यो पनि पढ्नुहाेस् 

१०. रुकुम हत्याकाण्डः केटी पक्षले गरेका सबै दाबी झुट, डोरीले बाँधिएको अवस्थामा लोकेन्द्र शव फेला

९. रुकुम घटनाको विरोधमा माइतीघरमा प्रदर्शन, फोटोफिचर

८. रुकुम हत्याकाण्डः केटी पक्षले गरेका सबै दाबी झुट, डोरीले बाँधिएको अवस्थामा लोकेन्द्र शव फेला

७. रुकुम घटना विशेषः राज्यसत्ताको मुल चरित्रलाई परिवर्तन नगरी दलित मुक्ति सम्भव छैन

६. दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो- रुकुम घटना क्रुर र पासबिक

५. रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: नेकपाले थाल्यो अनुसन्धान, दोषीलाई जनअदातलमा उभ्याउने

४.गृहमन्त्रीले भने–जातीय अहंकारका कारण रुकुम घटना, पाँच सदस्यीय छानविन समिति गठन

३. रुकुम पश्‍चिम ‘हत्याकाण्ड’: बर्दीधारीले दोषीलाई कारवाही नगरे, आफै बर्दी लगाउँछुः सरु सुनार

२. रुकुम पश्चिम ‘हत्याकाण्ड’ : थप एक जनाको शव भेटियो, वडाअध्यक्षको नेतृत्वमा आक्रमण !

१. जनयुद्धको उद्‍गमस्थलमै अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर २ दलित युवाको हत्या, पाँच बेपत्ता

प्रतिकृया दिनुहोस्