News Portal

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, ट्रम्प भन्छन्- ठिक हुन्छ चिन्ता नलिनुस्

डबली संवाददाता२०७७ जेठ १५ गते
३७५ पटक

काठमाडौँ । अमेरिका कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले सार्वजनिक गरेको विवरणअनुसार मृत्यु हुनको संख्या एक लाख २ हजार १०७ पुगेको छ ।

त्यसैगरी १७ लाख ४५ हजार ८०३ जनामा कोरोना संक्रमण भएको छ । त्यसैगरी बेलायतमा ३७ हजारको मृत्यु भएको छ । सुरुमा युरोपको केन्द्र बनेको इटलीमा ३३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । फ्रान्समा २८ हजार ६ को मृत्यु भइसकेको छ भने एक लाख भन्दा धेरैको उपचार भइरहेको छ ।

त्यस्तै ब्राजिलमा ४ लाख भन्दा बढी संक्रमित हुँदा मृत्यु हुनेको संख्या २५ हजार ७ पुगेको छ ।

रुसमा अमेरिका ब्राजिल पछि धेरै संक्रमित छन् तर मृत्युलाई भने निकै नियन्त्रण गरेको छ । संक्रमितको संख्या ३ लाख ७० हजार पुग्दा ३ हजार ९ सयको मृत्यु भएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई नअत्तिन भनेका छन् । उनले कोरोना भाइरस संक्रमण र मृत्यु घट्दो रहेको बताउँदै चिन्ता नगर्न समेत भनेका छन् ।

नेपालमा बुधबार दिउँसो एकै पटक ११४ जनामा कोरोना पुष्टि भएको थियो । त्यो बेलासम्म ८८६ जना संक्रमित पुगेका थिए । राति ८ बजे फेरि थप भेटिएपनि सरकारले औपचारिक रुपमा घोषणा गरेको छैन । त्यसैगरी हिजो साँझ नै एकजनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ ।

ललितपुरका एक ५९ वर्षीय पुरुषको किष्ट हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ । उनको ४ मृत्यु भयो र राति ८ बजेतिर कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो ।

प्रतिकृया दिनुहोस्