News Portal

गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा, सहिदका सपना र जनताका अपेक्षा अलपत्र

डबली संवाददाता२०७७ जेठ १५ गते
३६२ पटक

काठमाडौं । आज जेठ १५ गते । नेपालमा गणतन्त्र स्थापना भएको १२ बर्ष पूरा भएको छ । जनयुद्धको जगमा भएको २०६२/०६३ को जनआन्दोलपनि राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र नेपालमा गणतन्त्र स्थापना भएको थियो । तर, औपचारिक रुपमा संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते हो । गणतन्त्रको घोषणा गरेको थियो ।

तत्कालिन नेकपा (माओवादी)ले जनयुद्धमा गणतन्त्र स्थापना, संघात्मक संरचना, धर्म निरपेक्षता, समावेशी समानुपातिक, संविधानसभाको चुनावको मागमा तत्कालिन ७ राजनीतिक पार्टी सहमत भएपछि संयुक्त जनआन्दोलन सुरु भएको थियो ।

गणतन्त्रको घोषणापछि नेपालमा २ सय ३८ वर्षको राजतन्त्र औपचारिक रुपमा अन्त्य भएको थियो । त्यही दिनको सम्झौनामा सधैं देश १५ गते विशेष कार्यक्रमको आयोजना गरेर सरकारले गणतन्त्र दिवस मनाउँदै आएको छ।

यो वर्ष गणतन्त्र दिवस घरमै बसेर हुने भएको छ । कोरोनाका कारण जमघट र भिडभाड नगरी गणतन्त्र दिवस मनाउन सरकारले आग्रह समेत गरेको छ । गणतन्त्रपछि प्रचण्डको नेतृत्वको सरकारले गणतन्त्र दिवसको दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, ओली केपी शर्मा ओली नेतृत्वको सरकारले गत वर्षबाट बिदालाई कटौती गरेको छ ।

२०७२ सालमा भूकम्पको पुर्याएको क्षतिका कारण गणतन्त्र दिवस मनाएका थिएन भने यो वर्ष कोरोनाका कारण घरबाटै गणतन्त्र दिवस मनाउनु पर्ने भएको छ ।

गणतन्त्र स्थापनाको लागि हजारौंले रगत बगाए, सयौं अझै बेपत्ता छन्, हजारौं घाइते र अंगभंग भए । सुन्दर सपनााका साथ युवा युवती रगत दिन तयार भएका थिए । तर अहिले ती सपना पूरा भएका छैनन् ।

गणतन्त्र भन्दा पहिले र अहिले जीवनमा कुनै परिवर्तन नभएपछि जनता निरास भएका छन् । सपना अलपत्र छन् । कुर्सीमा पुगेकाहरुको मनपरी छ ।

गणतन्त्र स्थापनपछि नेपालमा पहिलो पटक कम्युनिस्टको दुई तिहाई नजिकको सरकार बनेको छ । तर, जनताका सपना र अपेक्षा सडकमा अलपत्र नै छन् । सरकारले काण्डैकाण्डमा फसेको छ । गणतन्त्रको लागि ज्यानको बाजी लगाएकाहरु अहिले भ्रष्टारमा चुर्लम्म डुबेका छन् । उनीहरुलाई जनताको बारेमा सोच्ने फुर्सद नै छैन ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं गणतन्त्र दिवसको अबसरमा शुभकामना सन्देश दिएकी छन् । त्यसैगरी प्रधानमन्त्री, राजनीतिक पार्र्टीका प्रमुखले गणतन्त्र दिवसको शुभकामना दिँदै कोरोनासँग जित्न सफलता मिलोस् भन्ने शुभकामना दिएका छन् ।

प्रतिकृया दिनुहोस्