डबली संवाददाता२०७७ जेठ १४ गते

काठमाडौँ । रुकुम पश्चिममा प्रेम सम्बन्धलाई लिएर दलित युवामाथि गरिएको आक्रमणको विरोधमा काठमाडौंमा प्रर्दशन गरिएको छ । बुधबार दिउँसो माइतीघरमा युवा तथा विद्यार्थीहरुले दोषीलाई कारवाहीको माग गर्दै संयुक्त रुपमा विरोध प्रर्दशन गरेका हुन् ।
दलित शसक्तिकरण तथा विकास केन्द्र र विभिन्न राजनीति पार्टी निकट विद्यार्थीहरुले पीडितलाई न्याय र दोषीलाई कारवाहीको माग गरेका थिए ।
कार्यक्रममा बोल्दै समाजवादी विद्यार्थी यूनियनका सचिव हेमराज थापा, केन्द्रको कावा अध्यक्ष जगत बिकलगायत विद्यार्थी दोषीलाई बचाउन लागेका भन्दै विरोध गरेका थिए ।
