News Portal

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो- रुकुम घटना क्रुर र पासबिक

डबली संवाददाता२०७७ जेठ १३ गते
४०८ पटक

काठमाडौँ । दलित शसक्तिकरण तथा विकास केन्द्र अछामले रुकुम पश्चिममा अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर दलित युवामाथि गरिएको आक्रमण क्रुर र पासबिक हत्या भएको भन्दै घोर भत्सर्ना गरेको छ । प्रेमीकाले बोलाएर गएकाहरुलाई जातीयताकै कारण लखेटीलखेटी निर्मम तरिकाले हत्या गरेर भेरी नदीमा फालेको भन्दै केन्द्रको दोषीलाई कारवाहीको माग गरेको छ ।

केन्द्रले मंगलबार विज्ञप्ति जारी गरेर कथित उच्च जातीय अहंकारबाट प्रेरित भएर गरिएको बिभत्स घटनामा नवराज बिक, टिकाराम सुनार र गणेश बुढामगरको लास भेरी नदीमा भेटिएको र ३ जना युवा अझै बेपत्ता र केही युवाहरु घाइते भएको बताएको छ ।

केन्द्रका कावा अध्यक्ष जगत बिकले जारी गरेको विज्ञप्तिमा पीडितलाई न्याय दिलाउन उच्चस्तरिय छानविन समिति गठन गरी तुरुन्त स्थलगत अनुसन्धान गर्न सरकारसँग माग गर्दै राजनीतिक आवणमा जातीय छुवाछुतका घटनालाई प्रभावित गलत नजिरलाई दोहोरिन नदिन पनि अपील गरेको छ ।

“यहि जेठ १० गते शनीबार रुकुमको चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्ल र भेरीगंगा नगरपालिका–४ रानागाउँ जाजरकोटका नवराज वि.क.को लामो समयदेखि प्रेम सम्बन्ध पछि प्रेमिकाकै सहमतिमा विवाहका लागि साथिहरुसहित केटी लिनजाँदा केटी पक्षका मान्छेहरुले केटा पक्षका मान्छेहरुलाई जातियताकै कारणलखेटी लखेटी निर्मम तरिकाले सामुहिक हत्या गरी भेरी नदिमा बगाएको घटना बाहिर आएको छ । आजको युगमा समेत जातीयताकै कारण दलितहरुको ज्यानलिने क्रम रोकिएको छैन । यस क्रुर र पासबिक हत्याप्रति यस संस्थाको तर्फबाट घोर भत्र्सना गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको ठाडै खिल्ली उडाउँदै रुकुम घटनाले बर्बर युगको झझल्को देखाएको भन्दै कानूनी रुपमा जातीय छुवाछुतलाई बर्जित गरिएपनि व्यबहारमा दलित स्वतन्त्रता र मुक्तिको सवाल अझैं पेचिलो बनिरहेको विज्ञप्तिमा उल्लेख छ । वर्षौदेखि उत्पीडनको शिकार हुँदै आएको दलित समुदायको पक्षमा राज्य गम्भीर बन्न नसक्दा रुकुमको पासबिक र जघन्य घटना घटेको बताउँदै विज्ञप्तिमा भनिएको छ, “बर्बर युगको झझल्को देखाएको यस घटनाले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको ठाडै खिल्ली उडाएको छ । मुलुकमा कानुनी रुपले जातिय छुवाछुतलाई बर्जित गरिएको छ । तर ब्यबहारतः दलित स्वतन्त्रता र मुक्तिको सवाल अझैं पेचिलो बनिरहेको छ । सयौं बर्षदेखि उत्पीडनको सिकार हुँदै आएको दलित समदायको पक्षमा राज्य गम्भीर बन्न नसक्दा र जातीय बिभेदका घटनाहरुमा सत्ता, शक्ति र राजनीतिको आडमा दोषीहरु उम्किने गरेकाले हाल आएर यस्तो अकल्पनीय, पासबिक र जघन्य घटना घट्न पुगेको छ ।”

विज्ञप्तिमा बिकले जातीय विभेद निर्मुल गर्न राज्यले कडा नीति लिनुपर्ने र त्यसको लागि दलित नेता तथा अगुवाहरु, सामाजिक अभियन्ताहरु एकजुट भई समानता, न्याय र सामाजिक रुपान्तरणका लागि संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् । त्यसैगरी मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कावा अध्यक्ष बिकले बेपत्ताको खोजी र घाइतेको उपचारको माग समेत गरेका छन् ।

विज्ञप्ति

प्रतिकृया दिनुहोस्