News Portal

नेतृ बन्दनाको निधनप्रति विप्लवद्वारा दुःख ब्यक्त, छोराको पालनपोषणको सम्पूर्ण जिम्मा लिने प्रतिबद्धता

डबली संवाददाता२०७७ जेठ १३ गते
२४६ पटक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीकी पूर्वकेन्द्रीय सदस्य एवम् अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) की पूर्वकेन्द्रीय अध्यक्ष सविता सिंह ‘बन्दना’ को निधनप्रति दुःख व्यक्त गरेका छन् । बन्दनाको अल्पायुमै भएको निधनप्रति विप्लवले शोक विज्ञप्ति जारी गरेर हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

पार्टी केन्द्रीय समितिका तर्फबाट मङ्गलबार शोक वक्तव्य प्रकाशित गर्दै विप्लवले सिंहका छोरा १४ वर्षीय आजाद विक–सिंहको शिक्षा, स्वास्थ्य र पालनपोषणको सम्पूर्ण जिम्मा पार्टीले लिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

विप्लवले बन्दनाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको भन्दै विज्ञप्तिमा भनेका छन्, “हाम्रो गौरवशाली एवम् जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीकी पूर्वकेन्द्रीय सदस्य एवम् अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) की पूर्वकेन्द्रीय अध्यक्ष कमरेड सविता सिंह ‘बन्दना’ को सोमबार उपचारका क्रममा भारतको नयाँदिल्लीमा ४० वर्षको अल्पायुमा भएको दुःखद् निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ । हाम्रो पार्टी कमरेड बन्दनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।”

जाजरकोट घर भएकी बन्दना जनयुद्धका सहिद जयबहादुर सिंहकी छोरी भएको बताउँदै विप्लवले जनयुद्ध तथा एकीकृत जनक्रान्तिकी कुशल योद्धा भएको बताएका छन् ।

जनयुद्धकै क्रममा रामलाल विश्वकर्मासँग अन्तरजातीय जनवादी विवाह गरेकी सिंहका १४ वर्षीय छोरा छन् । छोरा आजाद बिक सिंहको शिक्षा, स्वास्थ्यसहित सम्पूर्ण पालनपोषणको जिम्मा पार्टीले विप्लवले विज्ञप्तिमा प्रतिबद्धता जाहेर गरेका छन् ।

जनयुद्धकी कुशल कमाण्डर बन्दनाको निधन 

प्रतिकृया दिनुहोस्