News Portal

गृहमन्त्रीले भने–जातीय अहंकारका कारण रुकुम घटना, पाँच सदस्यीय छानविन समिति गठन

डबली संवाददाता२०७७ जेठ १३ गते
२८५ पटक

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले जातीय अहंकारका कारण पश्चिम रुकुमामा दलित युवामाथि आक्रमण भएको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकका घटनाबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले जातीय अहंकारका कारण घटना भएको बताएका हुन् ।

त्यसैगरी गृहमन्त्री थापाले घटनामा ३ जनाको ज्यान गएको र ३ जना अझै बेपत्ता भएको बताए । यस घटनामा सरकारको ध्यनाकर्षण भएका समेत गृहमन्त्रीले बताए ।

साथै, घटनाको अनुसन्धान गर्न सरकारले पाँच सदस्यीय छानविन समिति बनाएको समेत जानकारी गृहमन्त्री थापाले दिए । गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा गठित समितिमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागको अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ता कार्यालयका अधिकृत प्रतिनिधि र गृहमन्त्रालयको उपसचिव रहने छन् ।

गृहमन्त्रीले रुकुम पश्चिम चौजाहारी वडा नम्बर–८ का वीरबहादुर मल्लकी कि छोरी वर्ष १७ कि सुष्मा मल्ललार्ई भगाइ ल्याउन जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २१ का नवराज विक सहित १९ जनाको समूह गत जेठ १० गते बेलुका चौजाहारी पुगेका जानकारी दिए ।

केटी पक्षको आक्रमणमा परी मृत्यु भएका सुष्माका प्रेमी नवराजको शव भेरी नदीमा बग्दै गरेको अवस्थामा जेठ १० गते राति १० बजे निकालिएको थियो । साँझ ६ बजे टीकाराम सुनारको शव फेला परेको र जेठ १२ गते दिउसो वर्ष १७ का गणेश बुढाको शव फेला परेको प्रहरीले बताएको छ । शवहरु पोष्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको छ ।

आक्रमण परेका जजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक वेपत्ता रहेको जानकारी दिँदै गृहमन्त्री थापाले खोजीका लागि गोताखोर परिचालन गरिने जानकारी समेत दिए ।

प्रतिकृया दिनुहोस्