News Portal

जनतालाई गाऊँ पाठाउनु पर्ने बाध्यता भयोः सांसद शाही

डबली संवाददाता१३ जेठ
२७५ पटक

काठमाडौ ।  हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधी सभा सदस्य रंगमती शाहीले कोरोनाको तनावकाबीच जनतालाई गाऊँगाऊँ पठाउनु बाध्यता भएको बताएकी छन् । मंगलबार अनलाइन डबलीसँग कुरा गर्दै अजबाटै काठमाडौंबाट हुम्लाका लागि बसरहरु जानसक्ने ब्यवस्थाको लागि आफ्नो पहल सफल भएको जानकरी दिएकी छन् ।

सुरुसुरुमा गाऊँ जानु भन्दा जो जहाँ छन् त्यहाँ सुरक्षित साथ बस्ने र सरकारले आवश्यक राहतको व्यवस्थ गर्न सक्छ भन्ने विश्वास सबैमा रहे पनि पछिल्लो समयसम्म आइपुग्दा त्यो भ्रम सावित भएकोले जनतालाई गाऊँ पठाउने पहलमा लागेको बताइन् । केहि समय अगाडी सो जिल्लाका अर्का सांसद छक्कबहादुरा लामा र सांसद शाहीको पहलमा नेपालगञ्ज सुर्खेतबाट हवाइजहाज मार्फत जिल्ला पठाउने पहल पनि सफल भएको थियो । अहिले भारतिय संभावित नाकवन्दीलाई पनि मध्यनजर गरेर जनतालाई गाउँ पठाउनु बाध्यता परेको धारणा राखिन् । पछिल्लो समय जनता सम्बन्धित ठाउँमा गएर क्वारेन्टाइनमा बस्न तयार हुनुले पनि कोरोनाको खतरा अलि कम हुने विश्वास रहेको पनि संसद शाहीले बताइन् ।

आफूहरुले सुर्खेत नेपालगञ्ज लगायत ठाउँमा अलपत्र परिहेका नागरिकहरुको लागि पनि पहल गरिरहेको र कतिपय गाउँगाउँ पुगिसकेको र अझै बाँकी रहेका मानिसहरुको लागि पनि आवाश्यक छलफल भइरहेको जानकारी सांसद शाहीले बताईन् । त्यस ठाउँमा अलि बढी संक्रमणले प्रभाव पारेका हुनाले आवश्यक शारिरिक चेकजाँच गरेर पठाउने सम्बन्धमा सम्बन्धित निकायले छलफल गरिरेहो पनि बताइन् ।

प्रतिकृया दिनुहोस्