News Portal

गुल्मीको धुर्काेट गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

डबली संवाददाता
४५१ पटक

गुल्मी । जिल्लाको एक गाउँपालका अध्यक्षलाई कोरोना भइरस संक्रमण भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमण हुने पहिलो पालिका अध्यक्ष हुन् ।

पूर्वमाओवादीको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका पोखरेल कोरोना संक्रमित आफैले नाम सार्वजनिक गर्ने पहिलो हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासनीय अधिकृत काशीराम पन्थीका अनसार स्वास्थ्य अवस्था सामान्य छ ।

सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा गुल्मीको धुर्कोटमा दुई जनामा कोरोना देखिएको थियो । यसअघि गुल्मीको मदाने गाउँपालिका पुर्कोट दहमा एक जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्