News Portal

निजि गाडीलाई एम्बुलेन्स बनाएर कलडाउनमा बिरामीलाई सहयोग गर्दै आएका युवालाई कोरोना

डबली संवाददाता२०७७ जेठ १२ गते
३३३ पटक

काठमाडौ । नेपालमा पहिलो पटक एम्बुलेन्स चालकलाई कोरोना संक्रमण भएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३ का युवालाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेका थियो । उनी एम्बुलेन्स चालक रहेको पाइएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर ७२ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । ७२ जनामध्ये ३७ वर्षीय एम्बुलेन्स चालक पनि रहेका छन् । नगरपालिकाका नगर प्रवक्ता नवराज भट्टाईका अनुसार ती युवाले लकडाउनपछि आफ्नो नीति गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरेर बिरामीलाई अस्पतालसम्म पुर्याएर सहयोग गर्दै आएका थिए ।

नगरपालिकामा कोरोना परीक्षणको लागि १०१ जनाको स्वाब संकलन गरिएकामध्ये ५९ जनाको रिपोर्ट आएको र एकजनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाले जनाएको छ ।

ती युवाको अवस्थामा सामान्य छ । सोमबारै टेकु अस्पतालको आइसोलेसनमा लगिएको नगरपालिकाले जनाएको छ ।

बिरामी बोकेर अस्पताल पुर्‍याउने एम्बुलेन्स चालक संक्रमित हुनेमा उनी पहिलो हुन् ।

प्रतिकृया दिनुहोस्