डबली संवाददाता२०७७ जेठ १२ गते

काठमाडौँ । एकै दिन १८ जनाले कोरोना भाइरससँग जितेर घर फर्किएका छन् । त्यो पनि एकै परिवारका । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका हुन् ।
अस्पतालका डा. उदयनारायण सिंहका अनुसार वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् । कोरोनासँग ४ महिनाको शिशुदेखि ६६ वर्षले कोररोनासँग जितेका छन् ।
गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गरिएको थियो ।
