News Portal

बाँकेमा अग्रमोर्चामा खटिएकी नर्समा कोरोना संक्रमण

डबली संवाददाता२०७७ जेठ ९ गते
२७३ पटक

नेपालगंज । बाँकेमा कोरोनाको उपचारमा खटिएकी नर्सलाई पनि संक्रमण भएको छ । खजुरा गाउँपालिका वडा नं. ३ निवासी ४२ वर्षीया एक स्टाफ नर्समा कोरोना संक्रमण देखिएको हो ।

गाउँपालिकामा कार्यरत नर्सलाई कोरोना संक्रमण भएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले संचारकर्मीलाई जानकारी दिएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट स्वाब संकलन परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो ।

अग्रमोर्चामा काम गरिरहेका ११ जना स्वास्थ्यकर्मीको गरिएको परीक्षणमा १० जनाको रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरुको स्वाबको भेरी अस्पतालमा परीक्षण गरिएको थियो ।

ती नर्सलाई अहिले खजुरास्थित आइसोलेसन वार्डमा राखिएको छ । बाँकेमा स्वास्थ्यकर्मीलाई कारोना संक्रमण भएको पहिलो हो ।

प्रतिकृया दिनुहोस्