News Portal

सरकारको नीति तथा कार्यक्रम पारित

डबली संवाददाता२०७७ जेठ ६ गते
१७१ पटक

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यकक्रम पारित भएको छ । प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि मंगलबार बसेको प्रतिनिधिसभाको आजको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

यही जेठ २ गते सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन् । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा सांसदहरुले भाग लिँदै आ–आफ्नो धारणा रखेका थिए ।

सांसदहरुले नीति तथा कार्यक्रम पूरानै ढर्राको आएको बताउँदै आलोचना गरेका थिए । कोरोनासँग लड्न खासै योजना नभएको भन्दै सांसदहरुले ठोस कार्यक्रम ल्याउन माग गरेका थिए । त्यस्तै सरकारले विवादित एमसीसी सम्झौतालाई पास गर्न सरकारले चोरवाटो प्रयोग गरेको आरोप लगाएका थिए ।

सरकारको नीति तथा कार्यक्रममा फरक मत राख्दै नेपाली काँग्रेसका सांसद डा. मीनेन्द्रप्रसाद रिजाल, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, सांसदहरु लक्ष्मणलाल कर्ण र सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए ।

सभामुख उक्त प्रस्ताव फिर्ता लिन सयम दिएका थिए तर फिर्ता नलिएपछि बहुमतको आधारमा बहुमतका आधारमा नीति तथा कार्यक्रम पारित गर्नु परेको हो । त्यो भन्दा संशोधन प्रस्तावलाई बहुमतले अस्वीकार गरेको थियो ।

प्रतिकृया दिनुहोस्