News Portal

संसदमा प्रधानमन्त्री ओलीको जवाफ- एमसीसीलाई अलपत्र पार्न मिल्दैन

डबली संवाददाता२०७७ जेठ ६ गते
१९६ पटक

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्झौतालाई अलपत्र पार्न नसकिने बताएका छन् । मंगलबार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले उक्त सम्झौता अघिल्लो सरकारले गरेको भनेर अलपत्र नसक्ने बताए ।

“सरकारको नीति तथा कार्यक्रममा एमसीसीलाई घुसाएको भन्दै सत्तारुढ (नेकपा) सहितका अन्य दलका संसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, “एमसीसी अघिल्लो सरकारले सम्झौता गरेको हो, अभिछिन्न उत्तराधिकारवाला सरकारले अघिल्लो सरकारको सम्झौता भनेर अलपत्र छोड्न सक्दैन ।” एमसीसी पास गर्ने संसदको अधिकार र निर्णयको कुरा बताउँदै पार्टी भिन्नता हुन सक्ने बताए । उनले एमसीसी संसदको सम्पत्तिका रुपमा आएको दाबी समेत गर ।

संसदमा बोल्दै प्रधानमन्त्री ओलीले सांसदहरुले भनाईको खण्डन गर्दै एमसीसी जस्केलाबाट नभएर मुल ढोकाबाटै आएको बताए । उनले विज्ञहरुका सुझावअनुसार रातमाटे, दमौली, हेटौडा बुटवल ट्रान्समिसन लाइन निर्माण गर्ने योजना योजना अघि सारेको बताए । सत्तारुढ पार्टीकै सांसहरुले नीति तथा कार्यक्रममा जस्केलाबाट छिराएको भन्दै आपत्ति जनाएका थिए ।

जलश्रोतको धनी देश भन्ने, विद्युत उत्पादन डोकामा बोकेर लैजान नसकिने बताउँदै प्रधानमन्त्री ओलीले एमसीसी संसदको सम्पत्तिका रुपमा आएको बताए । उनले एमसीसी पास नभएपनि रातमाटे, दमौली, हेटौडा बुटवल ट्रान्समिसन लाइन पेट काटेर भएपनि बनाउने बताए ।

प्रतिकृया दिनुहोस्