डबली संवाददाता२०७७ जेठ ५ गते

नेपालगञ्ज । एकै दिन अहिलेसम्मकै धेरै जनामा कोरोनाभाइरसमा संक्रमण भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा एकै दिन ४७ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।
संक्रमित सबै बाँकेका रहेको बताइएको छ । १९० जनामा गरेको परीक्षणमा ४७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
नयाँ संक्रमितमा एक महिला र ४६ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले जानकारी दिए । त्यस्तै गुल्मी,मोरङसहित गरी थप चारजनामा कोरोना पोजेटिभ देखिएको छ ।
योसँगै संक्रमितको संख्या ३५७ पुगेको छ ।
