News Portal

भरखरै थप ३ जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो

डबली संवाददाता२०७७ जेठ ३ गते
१२९ पटक

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दोस्रो पटक दिएको जानकारीअनुसार कपिलबस्तमा थप ३ जनामा कोरोना संक्रमण भएको हो ।

मन्त्रालयको सहप्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन्  । नेपालमा अब संक्रमितको संख्या २७६ पुगेको छ ।

यसअघि आजै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा पनि ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्