News Portal

कोरोना अपडेटः मृत्यु हुनेको संख्या ३ लाख ८ हजार नाघ्यो, ४७ लाख संक्रमित

डबली संवाददाता२०७७ जेठ ३ गते
२३८ पटक

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८ हजार नाघेको छ । शनिबार विहानसम्म मृत्यु हुनेको संख्या ३ लाख ८ हजार ७ सय पुगेको छ ।

त्यसैगरी संक्रमितको संख्या ४७ लाख नजिक पुगेको छ । अहिलेसम्म १७ लाख बढीलाई उपचार पछि निको भएको छ ।

सबैभन्दा बढी अमेरिकामा ८८ हजार ५०७ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १५ लाख नजिक पुगेको छ ।

त्यसपछि मृत्यु हुनेको संख्या बेलायतमा बढी छ । त्यहाँ ३३ हजार ९९८ जनाको मृत्यु भइसकेको छ । इटलीमा ३१ हजार ६१० जनाको मृत्यु भएको छ भने २ लाख २४ हजार संक्रमित भएका छन् । स्पेनमा २७ हजार ४५९ जनाको मृत्यु भएको छ भने २ लाख ७४ हजार बढी संक्रमित पुगेका छन् ।

फ्रान्समा मृत्यु हुनेको संख्या २८ हजार नजिक पुगेको छ भने १ लाख ७९ हजार बढी संक्रमित छन् । ब्राजिलमा १४ हजार ९ सय ६२ जनाको मृत्यु भएको छ ।

रुसमा संक्रमण दर तीब्र रुपमा बढेको छ । अहिलेसम्म संक्रमितको संख्या २ लाख ६३ पुगेको छ तर मृत्यु दर भने नियन्त्रणमै राखेका छ । अहिलेसम्म रुसमा २ हजार ४ सय १८ पुगेको छ ।

इराले पनि कोरोनालाई नियन्त्रण गरेको छ । सुरुमा तीब्र गतिमा फैलिएको कोरोना अहिले नियन्त्रणमा रहेको छ । मृत्यु हुनेको संख्या ६ हजार ९ मा सिमित राखिएको छ । त्यस्तै १ लाख १७ हजार संक्रमित छन् ।

नेपालको छिमेकी भारतमा परीक्षणको निकै सुस्त छ । डेढ अरब जनसंख्या भएको भारतमा अलिहेसम्म ५० लाख पनि परीक्षण गर्न सकेका छैन तर ८६ हजार संक्रमितको भएको पुष्टि भइसकेको छ । तर मृत्यु दर भने नियन्त्रणमै छ । अहिलेसम्म २ हजार ७ सय ५४ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्