News Portal

लकडाउनको ५३ औं दिनः दाङमा ३ सहित थप ९ जनमा कोरोना, संक्रमितको संख्या २६७ पुग्‍यो

डबली संवाददाता२०७७ जेठ २ गते
१४४ पटक

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट २ सय ६७ जना संक्रमित भएका छन् । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार राति ८ः१५ बजे दिएको जानकारीअनुसार ९ जनाको कोरोना संक्रमण भएको छ ।

दाङमा पहिलो पटक कोरोना संक्रमण भेटिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार दाङमा ३, काठमाडौंमा १, वीरगंजमा ४, उदयपुरमा १ जनमा कोरोना संक्रमण देखिएको छ ।

सहप्रवक्ता अधिकारीका अनुसार काठमाडौँको सतुंगलका ७ वर्षीय बालकलाई कोरोना संक्रमण भएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पहिलो पटक संक्रमण देखिएको दाङमा गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

जारी लकडाउनको ५३ औं दिनमा नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्