News Portal

काठमाडौँमा लकडाउन थप कडाईः सबै पास खारेज, अब गल्लीमा हिडे पनि पक्राउ

डबली संवाददाता२०७७ जेठ २ गते
१४४ पटक

काठमाडौं । सरकारले लकडाउनलाई थप कडाई गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले भित्री गल्लीमा पनि हिटडुल गर्न नपाइने भएको छ ।

गृहमन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार जारी गरेको सूचनाअनुसार विभिन्न ६ वटा निर्णय समेत गरेको छ ।

शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसहरु विना काम भित्री सडक वा गल्लीमा मानिसहरु निस्किरहेको जानकारी भएको भन्दै सो नगर्न भनिएको छ । निर्णय नं. ३ मा भनिएको छ,“काठमाडौँका मूल सठक, भित्री सकड तथा गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको अनावश्यक भीडभाड हुने गरेको पाइएकोले त्यो नगर्नु हुन अनुरोध छ । अन्यता सुरक्षाकर्मीहरुले प्रचलित कानून बमोजिम कारवाहका लागि नियन्त्रणमा लिन सक्नेछनु ।”

त्यसैगरी प्रशासनले यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज गरेको छ । अब जारी हुने पास नीलो रङको हुने भनिएको छ । प्रशासनले अत्यावश्यक अवस्थामा हिँड्ने गह्रौं सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने पनि भनेको छ ।

एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकिएका गाडीले भने बिना पास नै आवागमन गर्न पाउनेछन् ।

 

प्रतिकृया दिनुहोस्