डबली संवाददाता२०७७ जेठ २ गते

काठमाडौं । बाँकेमा ८ सहित थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार विहान दिएको जानकारीअुनसार बाँकेको नैनापुरका ८ जना जना र मकवानपुरका एक जना संक्रमित भएका छन् ।
नेपालगंज प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या २५८ पुगेको छ ।
