News Portal

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, अमेरिकामा ८७ हजारको मृत्यु, कुन देशमा कति ?

डबली संवाददाता२०७७ जेठ २ गते
५४८ पटक

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर कोरोना भाइरसको कारण विश्वभर मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । त्यस्तै ४५ लाख २१ हजार मानिसहरु संक्रमित भएका छन् ।

कोरोनाबाट सबैभन्दा अमेरिकामा ८७ हजार व्यक्तिको ज्यान गएको छ भने संक्रमितको संख्या साढे १४ लाख नाघेको छ ।

त्यसैगरी बेलायतमा ३३ हजार ६ सय व्यक्तिको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या दुई लाख ३३ हजारभन्दा बढी छ ।
इटालीमा ३१ हजार ३६८, स्पेनमा २७ हजार ३२१ तथा फ्रान्समा २७ हजार ४२८ जनाको मृत्यु भएको छ ।

पछिल्लो पटक रुसमा तीब्र रुपमा संक्रमण बढिरहेको छ । अहिलेसम्म रुसमा दुई लाख ५२ हजारभन्दा बढी संक्रमित भएका छन् । तर, मृत्यु भने २ हजार ३ सय नाघेको छ ।

त्यस्तै स्पेनमा २७ हजारको मृत्यु भएको छ भने २ लाख ७२ हजारभन्दा बढी संक्रमित भएका छन्

प्रतिकृया दिनुहोस्