डबली संवाददाता२०७७ जेठ १ गते

काठमाडौं । विहीबार विहानै थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमा काठमाडौँका एक जना पुरुष् कपिलबस्तुका बालक रहेका छन् ।
स्वास्थ्य जना जनसंख्य मन्त्रालयका अनुसार काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी कपिलबस्तुका ६ वर्षीय बालकमा पनि कोरोना संक्रमण भएको छ ।
अब काठमाडौँमा नयाँ संक्रमितको संख्या दुई पुगेको छ भने सबै गरी ६ पुगेको छ ।
मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
