News Portal

बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २४३ पुग्‍यो

डबली संवाददाता२०७७ बैशाख ३१ गते
९१ पटक

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ दिएको जानकारीअनुसार रुपन्देही १२, कपिलवस्तु ८, पर्सामा ३ र नवलपरासीमा १ जनामा कोरोना संक्रमण भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी अनुसार रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिलामा संक्रमण भएको  दिए । त्यस्तै कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

आजै दिउँसो कपिलवस्तु र बाँकेमा १-१ जनामा कोरोना संक्रमण देखिएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्