News Portal

  • लकडाउनको ५१ औं दिनः संक्रमितको संख्या २१९ पुग्‍यो, उपत्यकालाई सिल गर्ने तयारी

    डबली संवाददाता२०७७ बैशाख ३१ गते
    २१२ पटक

    काठमाडौँ । आज लकडाउनका ५१ औं दिन । बाँकेमा थप एक जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले दिएको जानकारीअनुसार नेपालगंज उपमहानगरपालिका वडा नं. ८ मा स्थानीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

    धुलिखेल प्रयोगशालाले गरेका परीक्षणमा ३६ बर्षीय पुरुषमा संक्रमण भएको पुष्टि भएको हो । त्यसैगरी कपिलवस्तुमा पनि एक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

    यसैबीच ललितपुरस्थित आरोग्य प्रतिष्ठानलाई प्रहरीले सिल गरेको छ । आरोग्य प्रतिष्ठानमा कार्यरत भक्तपुर बस्दै एक २५ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टी भएपछि प्रहरीले सिल गरेको छ । त्यस्तै सँगै रहेको निदान अस्पताल पनि सिल गरिएको छ ।

    लकडाउनबीच सुनसरीस्थित घरबाट उपत्यका आएकी महिलालाई कोरोना संक्रमण भएको हो । उनी भक्तपुर बस्दै आएकी थिइन् ।
    तीनजना संक्रमित भेटिएसँगै उपत्यका सिल गर्ने की भन्नेबारे सरकारले छलफल गरिरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्