News Portal

  • भीम रावलको सुरक्षामा खटिएका प्रहरीलाई कोरोना संक्रमण, अरु कति सुरक्षित ?

    डबली संवाददाता२०७७ बैशाख ३१ गते
    ४९० पटक

    काठमाडौँ । पूर्वगृहमन्त्री तथा सत्तारुढ (नेकपा) का स्थायी समिति सदस्य भीम रावलको सुरक्षमा खटिएका प्रहरीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । भक्तपुरमा भेटिएका दुई संक्रमितमध्ये एक पुरुष प्रहरी हुन् । ती प्रहरी जवान नेता रावलको सुरक्षामा खटिएको खुलासा पनि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २७ बर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित घरमा बस्दै आएका थिए । उनलाई कसरी कोरोना संक्रमण भयो भनेर खुखिसकेको छैन । उनको ट्राभल हिस्ट्री लिने काम जारी छ ।

    त्यसैगरी दुई दिनअघिमात्रै सुनसरीबाट मोटरसाइलक चढेर मध्यपुरथिमी नगरपालिका–९ मा बस्दै आएकी २५ वर्षीय महिलालाई पनि कोरोना संक्रमण भएको छ ।

    सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएसँगै नेता रावल र अन्य सुरक्षाकर्मीसम्म पनि कोरोना पुगेको आशंका गरिएको छ । उनीहरुको परीक्षण गर्ने तयारी भइरहेको छ ।

    पहिलो पटक नेताको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना देखिएको हो ।

    प्रतिकृया दिनुहोस्