News Portal

  • शसस्त्र प्रहरी लिपुलेक गयो, अतिक्रमित भूमिभन्दा १२ किलोमिटर टाढै बस्‍ने

    डबली संवाददाता२०७७ बैशाख ३१ गते
    ६३३ पटक

    काठमाडौँ । पहिलो पटक सीमा सुरक्षाको जिम्मा पाएको शसस्त्र प्रहरी कालापानी, लिपुलेक क्षेत्र गएको छ । भारतले लिपुलेकमा नेपालीभूमि अतिक्रमण गरेर सडक निर्माण गरेको विरोध भइरहेको बुधबार २५ जनाको टोली सो क्षेत्रमा गएको छ ।

    बन्दोबस्ती, खाद्यान्न र हातहतियारसहित नेपाली सेनाको हेलिकोप्टरले उनीहरुलाई सो क्षेत्रमा पुर्याएको पुर्याइने छ । शसस्त्र प्रहरीका इन्सपेक्टको नेतृत्वमा २५ जनाको टोली जाने लागेको छ । तर टोली भारतले अतिक्रमण गर्दै आएको सीमा भन्दा धेरै टाढा नै बस्नेछ ।
    शसस्त्र प्रहरीको टोली दार्चुलाको दार्चुलाको छाङरुमा बस्नेछ । यो भारतले अतिक्रमण गरेको भूमिभन्दा करिब १२ किलोमिटर वरै पर्छ ।

    त्यसैगरी सीतापुरमा नेपाल प्रहरीको टोलीलाई पनि सोही ठाउँमा लैजाने तयारी भएको छ ।
    गृहमन्त्रीको सुरक्षा सल्लाहकार तथा सैन्यविद् इन्द्रजीत राई सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापासहितको टोली बुधबार विहानै दार्चुला प्रस्थान गरेको छ ।

    छाङरूमा शसस्त्र प्रहरी बस्नको लागि एउटा घर भाडाले लिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्