News Portal

काठमाडौँ-भक्तपुरसहित थप २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो

डबली संवाददाता
१८७ पटक

काठमाडौँ । नेपालमा थप २६ जनामा कारोना भाइरस संक्रमण भएको पुष्टि भएका छ ।

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले मंगलबार साँझ दिएको जानकारी अनुसार पर्सा र महोत्तरी, धनुषा, भक्तपुर, काठमाडौँमा गरी २६ नयाँ बिरामी भेटिएका हुन् ।
काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै एकैदिन ८३ जना संक्रमित थपिएका छन् ।

मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

 

 

प्रतिकृया दिनुहोस्