News Portal

लिपुलेकमा भारतीय अतिक्रमणविरुद्ध काठमाडौँमा अखिल क्रान्तिकारीको मशाल जुलुस

डबली संवाददाता२०७७ बैशाख ३० गते
५३१ पटक

काठमाडौँ । अखिल क्रान्तिकारीले लकडाउनको बेवास्ता गर्दै भारतले लिपुलेकमा गरेको सडक निर्माणको विरोधमा मशास जुलुस निकालेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको उपत्यका विशेष क्षेत्रीय समन्वय समिति आयोजनमा मंगलबार साँझ काठमाडौँका विभिन्न स्थानहरुमा मशाल जुलुस निकालेको हो ।

विद्यार्थीहरुले लिपुलेक हाम्रो हो, अतिक्रमण बन्द गर, भारतीय सेना फिर्ता गर, सीमा रक्षाको लागि युद्ध लड्न तयार छौं जस्ता नारा लगाउँदै मशाल जुलुस निकालेका थिए । विद्यार्थीहरुले सरकारले अतिक्रमण रोक्न पहल नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरेका थिए । विद्यार्थीहरुले सरकारले भारतसँग आत्मसमर्पण गरेका कारण सीमा अतिक्रमण जारी रहेको बताएका थिए ।

प्रधानमन्त्रीले लिपुलेकमा सडक निर्माण गरिएकोबारे जानकारी नभएको भनाईप्रति विद्यार्थीले आपत्ति जनाएका छन् । परराष्ट्रमन्त्रीले संसदमा जानकारी थियो भन्ने तर प्रधानमन्त्रीले थिएन भन्नु दलालीको पराकाष्ठा भएको अखिल क्रान्तिकारीका नेताहरुले बताएका थिए । लिपुलेक प्रकरणले प्रधानमन्त्री ओलीको राष्ट्रवादको मुकुण्डो च्यातिएको बताउँदै युवा विद्यार्थीलाई नेपालका रक्षाको लागि सडकमा आउन अपील समेत गरेका थिए ।

संगठनका उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले विज्ञप्ति जारी गरेर चरणबद्ध संघर्षका कार्यक्रमको घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस्