News Portal

  • एकै दिन ३९ जना संक्रमित भेटिएपछि पर्सामा कर्फ्यू जारी, सेना परिचालन

    डबली संवाददाता२०७७ बैशाख ३० गते
    १८९ पटक

    काठमाडौँ । पर्सामा कफ्यू जारी भएको छ । एकै दिन ३९ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि स्थानीय प्रशासनले मंगलबार साँझ ८ बजेदेखि अर्को सूचना नभएसम्मलाई कफ्र्यू जारी गरेको हो ।

    कफ्यूलाई कडाईका साथ कार्यान्वयन गर्न नेपाली सेना परिचान समेत गरिएको छ । यो अवधिमा औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने भएका छन् ।

    जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका र अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

    निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने प्रशासनले निर्णय गरेको छ । त्यस्तै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ ।

    स्थानीय प्रशासनले भारतसँगको सीमा नाका र खुला सिमानाको जुनसुकै स्थानबाट पनि मानिस आउन निषेध गरेको छ । भारतबाट मानिसहरु लुकीछिपी आउन थालेपछि सुरक्षाकर्मीको ब्यापक गस्ती बढाईएको छ ।

    प्रतिकृया दिनुहोस्