
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले एक जिल्लाबाट अर्को जिल्ला जान निषेध गरेको छ । मंगलबार गृहमन्त्रले सबै पास रद्द गरेको छ ।
मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै सरकारले निर्णय गरेको हो । आज पुष्टि भएका संक्रमितको एक ठाउँबाट अर्को ठाउँ गएको भेटिएको थियो ।
नयाँ नियम विहीबारबाट लागु हुने बताइएको छ । उपत्यकाको तीन जिल्लाको हकमा भने एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने पगावधान लागू नहुने भएको छ ।
सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्न नपाइने भएको छ । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको छ ।
पत्रकारको हकमा भने सूचना विभागको पास देखाएर आवतजावत गर्न दिइने भएको छ ।
केही दिनदेखि लकडाउन केही खुकुलो बनाइएको थियो ।
