News Portal

  • सरकारले उद्दार नगरेपछि यूएईले नेपालीलाई आफै काठमाडौँ ल्याएर छोड्दै, भारतबाट पनि हजारौं आउँदै

    डबली संवाददाता२०७७ बैशाख २९ गते
    ४६५ पटक

    काठमाडौं । कोरोना भाइरसको संक्रमण नरोकिएपछि यूएईले अन्य देशका नागरिकलाई आफै पुर्याइदिने भएको छ । वैदेशिक रोजगारीको लागि यूएई गएका नेपालीलाई आफै पुर्याउने भएको छ ।

    आफ्ना देशका नागरिक लैजान भनेको समय सीमा पार गरेपछि यूएईले विमान चार्टर्ड गरेर नेपाल पुर्याउने तयारी गरेको छ । त्यसको लागि नेपाल सरकारसँग अनुमति मागेको कुरा सार्वजनिक भएको छ ।

    संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वउन अनुमन तथा मूल्यांकन समितिमा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सो जानकारी दिएका हुन् । उनले यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र पठाएको बताए । मन्त्री ज्ञवालीले तयारी नभएको भन्दै यूएईले भनेकै मितिमा अनुमति दिन नसकिने बताए ।

    मन्त्री ज्ञवालीले श्रम गन्तव्य मुलुकहरुबाट ३ लाख भन्दा बढीलाई तुरुन्तै फर्काउनुपर्ने अवस्था आएको बताए । उनले विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलित तथ्यांकअनुसार ३ लाख २५ हजार ५३० नेपाली स्वदेश फर्किन चाहेका जानकारी दिए । त्यो संख्या भारतको होइन । त्यसैगरी भारतबाट पनि करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेको बताइएको छ ।

    मंगलबारदेखि भारतले रेल सेवा खुला गरेको छ । योसँगै नेपाली सीमा क्षेत्रमा हजारौं नेपालीहरु पुग्ने अनुमान छ । विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने सक्ने क्षमता सरकारसँग नभएको मन्त्री ज्ञवालीले बताए ।

    सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई तत्काल उद्दार गर्न महिनौं दिनदेखिको दवाव पछि पनि ल्याउन सकिएको छैन ।

    प्रतिकृया दिनुहोस्