डबली संवाददाता२०७७ बैशाख २९ गते
काठमाडौं । कोरोना भाइरसबाट कपिलवस्तुमा थप १० संक्रमित भएका छन् । स्वाथ्य तथा जनसंख्य मन्त्रालयले दिएको जानकारी अनुसरा कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ र बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
मन्त्रालयको सहप्रवक्ता समिरकुमार अधिकारीले सोमबार विहान संक्रमितहरु १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु भएको जानकारी दिए । तर, एक जना पुरुषको भने उमेर खुलेको छैन । उनीहरुको पिसीआर विधिबाट गरिएको परीक्षणबाट कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनिहरु सबैको अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।
