News Portal

परराष्ट्रमन्त्रीले भने-लिपुलेकमा भारतले सडक बनाउन लागेको जानकारी थियो, तर …

डबली संवाददाता२०७७ बैशाख २८ गते
२३७ पटक

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले लिपुलेक अतिक्रमण गरी चीनसँग जोड्न सकड निर्माण गरिरहेको जानकारी सरकारलाई भएको बताएका छन् । मन्त्री ज्ञवालीले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गर्न लागेको पूर्व जानकारी सरकारलाई भएको बताएका हुन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, “यो निर्माण कार्यबारे सरकारलाई थाहा नहुने भन्ने प्रश्नै आउँदैन । भारतले यो सडक बनाउने निर्णय सन् २००५ मा गरेको थियो भने २००८ मा निर्माण थालेको थियो । त्यसले नयाँ गति भने २०१४ मा लिएको थियो ।”
मन्त्री ज्ञवालीले आफूहरुले पटकपटक सीमा समस्या समाधानका लागि प्रयास गर्दै आएको बताए । उनले आफूहरुले वार्ताको मिति प्रस्ताव गरेको र जुनसुकै लेभलमा कुरा गर्न तयार रहेको भारतलाई बताउँदै आएको बताए ।

मन्त्री ज्ञवालीले अनौपचारिक कुराकानी पनि भएको बताउँदै कोरोनाको महामारीसँगै सबैको ध्यान यतातिर केन्द्रित भएको र बैठक हुन नसकेको बताए । परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाटै गर्न सकिन्छ भन्नेमा सरकार दृढ रहेको समेत बताए ।

संसदमा बोल्दै ज्ञवालीले भारतीय विदेश मन्त्रालयका प्रवक्ताले शनिबार कोरोनापछि वार्तामा बस्न तयार भएकोमा खुशी हुँदै कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न सकिन्छ भन्नेमा सरकार दृढ रहेको बताए । उनले आफ्नै भूमिमा सडक निर्माण गरेको भन्ने भनाईको खण्डन पनि गरेनन् । तर, मन्त्री ज्ञवालीले सडक भइरहेको विरोध प्रदर्शनलाई लक्षित गर्दै राजनीतिकरण प्रयास गर्न नहुने बताए ।

सडकको भारतले उद्घाटन गरेपछि नेपालमा विरोधका स्वर उठ्नै लाग्‍दा मन्त्री ज्ञवालीले आफूहरुलाई त्यसबारे कुनै जानकारी नभएको बताएका थिए । शनिबार मन्त्रलयबाट बेनामे विज्ञप्ति निकाल्न लगाएका मन्त्री ज्ञवालीले आइतबार स‌ंसद बैठकमा भने पहिले नै  जानकारी भएको बताए । २४ घण्टामा मन्त्रीका दुई धारणा आएका छन् ।

प्रतिकृया दिनुहोस्